बिराटनगर । मोरङ जिल्लामा दलीय गठबन्धन नगर्न स्थानीय नेता कार्यकर्ताहरुले दबाब दिँदै नाराबाजी गरेका छन्।
विराटनगरस्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा गठबन्धनका लागि बसेको बैठकका क्रममा नेता कार्यकर्ताले दलीय गठबन्धन स्थनीय तहमा गर्न नहुने भन्दै नाराबाजी गरेका हुन्।
बैठकमा रहेका जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले शनिबारसम्म बैठकले गठबन्धनको अन्तिम निर्णय गर्ने बताए।
चार दलीय गठबन्धन जिल्लामा हुनेमा जोड दिएका अध्यक्ष यादवले छलफल जारी रहेको र गठबन्धनको संभावना जारी रहेको उल्लेख गरे।
नेपाली कांङ्ग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बूले गठबन्धनका लागि गठन भएको जिल्लास्तरीय कार्यदलले निर्णय लिने बताए।
कांङ्ग्रेस मोरङभित्र सम्मानजनक गठबन्धनको पक्षमा रहेको बताएका सभापति लिम्बूले विराटनगरको हकमा पहुँचको आधारमा एकल भिड्ने बताए।
Facebook Comments Box