काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्टीका नेताहरूले नेपाल असफल बनाइरहेको बताएका थन्। उनले ठूला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताए।
बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशका ठूला राजनीतिक पार्टी र ठूला नेताहरुले देशलाई असफल राष्ट्र बनाउन लागेको बताए।
उनले राप्रपा देशलाई असफल राष्ट्र बन्न नदिन क्रियाशील रहेको दाबी गरे।
उनले भने, ‘देश हरेक दृष्टिकोणले एउटा असफल राष्ट्रको बाटोतर्फ जान लाग्यो। देशलाई असफल राष्ट्र बन्नबाट जोगाउनका लागि खासगरी ठूला राजनीतिक पार्टीहरुले र ठूलो नेता हुँ भन्नेहरुले पहल गर्नुपर्थ्यो, देशलाई असफल राष्ट्र बनाउने काममा उनीहरु एकअर्काको सहयोगीजस्तो बन्न थाले।’
Facebook Comments Box