काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनलाई आफ्नो पार्टी एक्लैले हराउने दावी गरेका छन् ।
अध्यक्ष ओलीले आफ्नो पार्टीसँग भिड्न मिलेर आउन पनि सत्तारुढ पाँचदलीय गठबन्धनलाई चुनौती दिए ।
बुधबार सुनसरीको इनरुवामा पार्टीद्धारा आयोजित आमसभामा बोल्दै उनले जतिसुकै दल मिलेर भिडेपनि जित भने एमालेकै हुने दावी गरे । उनले भने, ‘गठबन्धन गरेर कोको आउने हो । सबै मिलेर आउन । हामी एक्लै लड्न सक्छौं । एक्लै पराजित गर्न सक्छौं ।’
ओलीले आफ्नी छोरी रेणु दाहाललाई चितवनबाट जिताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गठबन्धन चाहिएको आरोपसमेत लगाए।
पाँच दलीय गठबन्धनलाई विचराहरु भन्दै उनले अलपत्र अवस्थामा रहेको पनि बताए ।
Facebook Comments Box