काठमाडौं । राप्रपा नेपालले नेकपा एमालेको सूर्य चिन्हमा निर्वाचन लड्ने सहमति भएको छ।
बुधबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच राप्रपा नेपालका उम्मेद्वारले एमालेकै सूर्य चिन्हमा स्थानीय तहको चुनाव लड्ने सहमति भएको हो।
सहमतिका लागि राप्रपा नेपालका अध्यक्ष थापा थापाथलीस्थित एमाले पार्टी कार्यालय पुगेका थिए।
Facebook Comments Box