काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो माओवादी केन्द्रले चुनाव प्रचारमा प्रयोग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ शीर्षकमा उनको फोटो राख्दै फेसबुकमा पोस्टर सेयर गरेका छन् ।
जुन पोस्टरमा दाहालसंगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको फोटो रहेको छ । र उनीहरुले माओवादीलाई भोट हाल्न पनि अपिल गरेका छन्। सरकारी सेवा सुविधा लिइरहेका घिसिङको फोटो माओवादीले चुनावी प्रचारमा प्रयोग गरेसंगै त्यसको आलोचना भइरहेको छ ।
Facebook Comments Box