झापा । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन्।
मंगलवार काठमाडौंमा आयाजित एक कार्यक्रममा नेता कोईरालाले त्यस्तो आरोप लगाएका हुन्। उनले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्रबैंकले छानबिन गर्न पाउने बताए ।
नेता कोइरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्रबैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गरे ।
उनले विलासिताको सामान विदेशी सिञ्चिति कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको बताए ।
नेता कोइरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यक्ता किन छ भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए।