काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौरस्थित भारतीय दूतावासमै पुगेर राजदूत बिनयमोहन क्वात्रालाई बिदाइ भेट गरेका छन् ।
मंगलबार साँझ गठबन्धन बैठकपछि बालुवाटारबाट बाहिरिएका देउवा भारतीय दूतावासमा पुगेका थिए ।
भारतीय विदेश सचिवमा बढुवा भएर दिल्ली फर्किन लागेका क्वात्रालाई बिदाइ गर्न आयोजित रात्रीभोजमा सहभागी हुन देउवा दूतावास गएको बताइएको छ ।
कार्यक्रममा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ सहभागि भएका थिए।
Facebook Comments Box