विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका छन्।
उनले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब निर्वाचनको मिति सार्ने काम कोही कसैबाट गर्न नहुने बताए ।
निर्वाचन आयोग नेपालले विराटनगरमा आज आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्धबोधन गर्दै आयुक्त थपलियाले भने,’निर्वाचन प्लेनको उडानमा हैन, रकेटको गतिमा अघि बढेको छ । अब स्थगित गर्न खोजे मुलुक दुर्घटनामा जान्छ ।’
Facebook Comments Box