काँकरभिट्टा । नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
झापा काँकरभिट्टा निवासी एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटिका संयोजक समेत रहेका नेता घिमिरेले एमाले परित्याग गरेको घोषणा गरे ।
नेता घिमिरेले पार्टी निर्माण र संगठन बिस्तारसंगै जनसेवामा समर्पित हुँदा समेत एमालेले आफ्नो योगदानको कदर नगरको बताउँदै पार्टी छोडेको बताएका छन्।
नेता घिमिरे आसन्न बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि एमालेका तर्फबाट मेचीनगरको नगरप्रमुख पदको आंकाक्षी थिए।
उम्मेद्वार छनौटका लागि भएको पार्टीको आन्तरिक चुनावमा घिमिरे सिफारिसमा परेनन् ।
Facebook Comments Box