काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल अर्थतन्त्रमा हस्तक्षेप नगरे नेपाल श्रीलंका बन्ने चेतावनी दिएका छन्।
एमालेको प्रचार विभागले आइतबार आयोजना गरेको कार्यक्रममा पौडेलले वर्तमान गठबन्धन सरकारले लिएको नीतिले देशको अर्थतन्त्र खराब बन्दै गएको बताए ।
सरकारको नेतृत्व गर्नेको देशको अवस्था श्रीलंका हुँदैन भन्ने भाषण गरेर हुँदैन,’ पौडेलले भने, ‘सरकारले जसरी काम गरिरहेको छ, हाम्रो अर्थतन्त्र श्रीलंकाको बाटोमा जान कसैले रोक्न सक्दैन ।’
वर्तमान सरकार गठन भएपछि विदेशी मुद्राको सञ्चिति घटेको, व्यापारघाटा बढेको, रेमिटेन्स घटेको छ, बैंकिङ प्रणालीमा निक्षेप घटेको र कर्जाको ब्याजदर बढेको छ उनको भनाइ छ ।
उनले एमाले नेतृत्वको सरकारले कोभिड महामारीको सामान गर्दा समेत अर्थतन्त्र राम्रो अवस्थामा रहेको भन्दै यो सरकार आएपछि अर्थतन्त्रका सूचकांकहरु खराब भएको बताए ।
पौडेलले वर्तमान सरकार मुलुकको अर्थतन्त्रप्रति जिम्मेवार नै नभएको आरोप लगाए ।