काठमाडौं । नेकपा एमालेले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।
आज पत्रकार सम्मेलन गरेर एमालेले आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको रिजालले बताए । होटेल हिमालयमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरिने उनले बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार वर्तमान सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर ‘बलिको बोको’ बनाएको बताएका थिए।
उनले अर्थमन्त्रीको यो निर्णय निन्दनीय भएको टिप्पणी गरेका थिए। सरकारले गत शुक्रबार गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो।
Facebook Comments Box