काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेकोमा आपत्ति जनाएका छन्।
शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउनका लागि प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै आपत्ति जनाएका हुन् ।
ओलीले नेपालमा अत्यन्त अस्वस्थ राजनीतिक प्रतिष्पर्धा भइरहेको बताए। अर्थमन्त्री जनार्दन शर्मा संकेत गर्दै उनले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो।’
‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ,’ओलीले भने,‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक र एउटा अर्थविद्, अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छे उनलाई निस्काशन, निलम्बन गरियो।’
Facebook Comments Box