काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि चैत २८ गतेभित्र उम्मेदवारको सिफारिस गर्न लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले निर्देशन दिएको छ।
पार्टीका वडा र पालिकास्तरबाट उम्मेदवारको सिफारिस चैत २८ गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन पठाइएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै अहिले देशव्यापी रुपमा लोसपाका केन्द्रीय पर्यवेक्षकहरु जिल्ला जिल्लामा खटिएका छन्।
उनीहरुले त्यहाँ प्रशिक्षणात्मक र अन्य कार्यक्रम गरिरहेका छन्। बिहीबार जिल्लाहरुमा लोसपाका केन्द्रीय पर्यवेक्षकहरुको उपस्थितिमा विस्तारित बैठकहरु समेत आयोजना गरिएका छन्।
Facebook Comments Box