काठमाडौं । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनबारे छलफल गर्न सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बस्न लागेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बैठक बस्न लागेको हो।
बैठकका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका नेता झलनाथ खनाल बालुवाटार पुगिसकेका छन्।
यसअघि चैत २२ गते बसेको गठबन्धन बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति’ गठन गरेको थियो।
स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार छनोटको विषय गठबन्धनका दलभित्र निकै पेचिलो बन्दै गएको छ। आ-आफ्ना पकड क्षेत्रमा दलहरूले दाबी कायम रहेका कारण उम्मेद्वार छनोट पेचिलो बन्दै गएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने उम्मेद्वार छनोट प्रक्रियालाई तीब्रता दिएको छ।