काठमाडौं । मंगलबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ।
सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले त्यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकले उक्त निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए।
उनका अनुसार उक्त समितिमा विभिन्न पार्टीका नेताहरूलाई समेटिएको छ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत भ्रमणका बारेमा ‘ब्रिफिङ’ गरेको बताइएको छ।
Facebook Comments Box