महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीहरूलाई परास्त गर्न गठबन्धनको जरुरत भएको वताएका छन् ।
आज महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो वताएका हुन ।
माओवादी केन्द्र संविधान र सङ्घीयताको रक्षाको लागी निरन्तर लागीपरेको बताउँदै अध्यक्ष प्रचण्डले भने ` केपी गुठले सुरु गरेको प्रतिगमनलाई त अन्त्य गर्यौ तर प्रतिगमनको खतरा अझै बाँकी छ ।´
अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बताए । नेकपा एमालेले महत्त्वपूर्ण विषयहरूलाई समेत बेवास्ता गर्दै निरन्तर संसद् अवरुद्धमा लागेको वताउदै कतिपय मधेशका मुद्दाहरू समेत ओझेलमा पर्नु मुख्य कारक एमाले नै भएको उन्को जिकिर छ ।
मधेश प्रदेशमा मुख्य समस्याको रूपमा रहेको नागरिकताको मुद्दालाई समेत माओवादी केन्द्रले बोकीरहेको अध्यक्ष प्रचण्डको दाबी छ । अध्यादेशमार्फत नागरिकताको मुद्दा टुंग्याउन प्रधानमन्त्री सेर वहादुरसग पटक-पटक छलफल भएको बताउँदै सकेसम्म चाडै टुङ्ग्याउनेतर्फ उन्मुख भइरहेको उनले बताए ।
अहिले देशमा माओवादीको नीतिअनुरूप सङ्घीयता कार्यान्वयन भइरहेको बताउँदै उनले भने ` जसको नीति त्यस्को नेतृत्व नहुँदा तपाइहरुलाई अचम्म लागेको होला तर हामी संविधान रक्षाको लागि जस्तोसुकै त्याग गर्न पनि तयार छौ ।´
प्रतिगमन र प्रतिक्रियावादीहरुलाइ परास्त गर्न माओवादीले थुप्रै प्रधानमन्त्री बनाउन सक्ने अध्यक्ष प्रचण्डको भनाइ छ । प्रतिगमनकारीहरू अझै माओवादीलाई सिध्याउन लागीपरेको वताउदै उनले भने ` जनयुद्धको बेला पनि कसैले बयल गाडा चढेर अमेरिका जानू र गणतन्त्र स्थापना हुनु उस्तै भएको बताउथे ।´
१० वर्षसम्म जनयुद्धले गरेको प्राप्तिहरूलाई समाप्त पार्न कतिपय थुप्रै पटक लागीपरेतापनी त्यो परिकल्पना पुरा हुन नसक्ने अध्यक्ष प्रचण्डको जिकिर छ । केपी शर्मा ओलीप्रति सङ्केत गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको मलजलमा लागिपरेकाहरूलाई बालुवाटार वाट बालकोट पुर्याएको बताए ।
घर-घरमा सिंहदरवारको परिकल्पनाअनुसार नै गाउँ -गाउँमा स्थानीय सरकार भएको वताउदै जसको नीति त्यसैलाई नेतृत्व प्रदान गर्नपनी अध्यक्ष प्रचण्डले जनसमुदायलाई अपिल गरे ।
माओवादी सधैभरी दुःख, सुखको साथी भएको वताउदै उनले माओवादीहरूले नेतृत्व गरेको देशैभरका पालिका उत्कृष्ट रहेको दाबी गरे । सवैधानिक अङ्गहरूले गरेको एक मुल्यांकन अनुसार उत्कृष्ट ५ मध्य ३ पालिका माओवादीको नेतृत्वमा रहेका पालिका भएको उन्को भनाइ छ ।
कतिपय गठबन्धन भत्काउन लागीपरेपनी त्यो प्रयास असफल भएको अध्यक्ष प्रचण्डले खुलासा गरे ।` कतिपय गठबन्धन भत्काउन लागिपरेका थिए तर हामीले सफल हुन दिएनौँ´ उनले भने ।
अध्यक्ष प्रचण्डले आज महोत्तरीको बर्दिबास स्थित खयर मारामा सहिद पार्कको शिलान्यास र निर्मल लामा बहुप्रावधिक शिक्षालयको ४१ कोठा भएको भवनको उद्घाटन र गौशाला नगरपालिकामा मालपोत कार्यालय, नापी कार्यालय र नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका थिए ।