काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले शेरबहादुर देउवा प्रधानमन्त्रीको रूपमा नभई काँग्रेस सभापतिको रूपमा भाजपा कार्यालय भ्रमणमा गएको तर्क गरेका छन् ।
तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले देउवा सभापतिको रूपमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा पुगेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री कूटनीतिक मर्यादामा नरहेको विषयको खण्डन गर्दै उनले सभापति भएको नाताले काँग्रेसले दुवै देशसँग मैत्री पूर्ण सम्बन्ध राखेको बताए ।
चीनको कम्युनिस्ट पार्टीका साथमा भारतीय काँग्रेस र भाजपासँग काँग्रेसको राम्रो सम्बन्ध रहेको बताए । देउवा काँग्रेस सभापतिको रूपमा सम्बन्ध कायम राख्न भाजपा कार्यालय पुगेको उनको भनाइ छ
Facebook Comments Box