काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
काठमाडौंस्थित मेरियट होटलमा दुईजनाबीच भेट भएको हो । भेटमा भ्रमण टोलीमा रहेका चिनियाँ अधिकारी र माओवादीका शीर्ष नेताहरू सहभागी थिए । भेटमा नेपाल-चीन सम्बन्ध र दुई देशबीचको हितलगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
Facebook Comments Box