काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । काठमाडौंको होटल मेरियटमा भेटवार्ता भएको हो।
११ बजेदेखि भएको भेटमा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई लगायतका नेता सहभागी थिए।
चीनका तर्फबाट पनि वाङ्सहित अन्य विशिष्ट अधिकारी सहभागी थिए।
Facebook Comments Box
