काठमाडौं । स्थानीय निर्वाचनका लागि ४७ दिन बाँकी रहँदा निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।
निर्वाचन आयोगले आइतबार निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको हो ।
आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदानका लागि योग्य रहेका छन् ।
यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो ।
सो प्रक्रिया पुरा भएको आयोगको भनाइ छ । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ ।
अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन । यस वर्ष करिब दुई लाख मतदाता थपिँदै छन् ।
Facebook Comments Box