काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।
उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सम्पन्न भए लगत्तै उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार तर्फ गएका थिए ।
भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी नेपाललाई बुझाए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो ।
चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो ।
Facebook Comments Box