विर्तामोड । संविधान संशोधन प्रस्ताव दर्ताको विरोध गर्दै युवा संघ झापाले विर्तामोडमा विराेध र्याली गरेको छ ।
टाउकोमा कालो पट्टी बाँधेर विरोधमा उत्रिएका युवा संघ झापाका कार्यकर्ताले विर्तामोडको मुक्तिचोकबाट विरोध र्याली शुरु गरेर नगरका विभिन्न चोक बजारको परिक्रमा पछि पुन: मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई युवा संघका केन्द्रीय सचिवालय सदस्य राजु कार्कीले सम्बोधन गर्दै प्रचण्ड सरकारले गरेको संविधान संशोधनको प्रस्ताव दर्ता भारतको इशारामा भएकोले आफूहरुलाई मान्य नहुने बताए ।
Facebook Comments Box