काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्न लागेको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
त्यसपछि प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।
बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने नेताहरुले बताएका छन्।
Facebook Comments Box