काठमाडौं– अभिनेत्री करिष्मा मानन्धर र पूर्वमन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्दै छन्। पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको दल नै एमालेमा समाहित हुन लागेको हो। दिउँसो १ बजे पार्टी कार्यालयमा एकसमारोहका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। सिंह २०७३ सालमा खानेपानी मन्त्री भएका थिए।
Facebook Comments Box