दमक । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु ( क्रान्तिकारी)को प्रथम झापा जिल्ला भेलाले नविन अधिकारीको संयोजकत्वमा १७ सदस्यीय संमेलन आयोजक समिति गठन गरेको छ । संगठनको आज झापाको दमकमा भएको भेलाले प्रथम जिल्ला सम्मेलन गर्न आयोजक समिति गठन गरेको हो । सम्मेलनको उद्घाटन संगठनकी केन्द्रिय कोषाध्यक्ष आस्था घिमिरेले गरेकी थिइन् ।
सम्मेलनको उद्घाटन गर्दै घिमिरेले बैज्ञानिक र ब्याबाहारिक शिक्षा आजको आवस्यकता रहेको बताइन्।
नेपालमा शिक्षको पनि ब्यापार भएको भन्दै उनले अपत्ति जनाइन् । नेपालमा धनि र गरिब बिचको ठूलो खाडल रहेको भन्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिइन् । गरिबले अहिले सम्म राम्रो शिक्षा लिन नसकेकाले राज्यले सबैलाई समान शिक्षा दिनुपर्नेमा को उनजोड थियो ।
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य ओम पुन, झापा संयोजक तारा, दमक बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख उत्तम भट्टराई लगायतले बोलेका थिए ।
कार्यक्रम केन्द्रिय कोषध्यक्ष घिमिरे प्रमुख आतिथ्यता तथा जिल्ला संयोकज नविन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।