काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव हुन्छ कि हुँदैन भनेर प्रधानमन्त्री शेरबहादुर देउवासंग प्रश्न गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितको भेटवार्ताको क्रममा चुनावबारे देउवा र प्रचण्डबीच सवाल जवाफ भएको हो ।
छलफलमा अझैपनि निर्वाचन हुन्छ कि हुँदैन भनेर चलेका हल्लाबारे प्रचण्डले जिज्ञासा राखेका थिए ।
‘बाहिरतिर निर्वाचन हुँदैन कि भन्ने चर्चा पनि भइरहेको छ । के हो यो हामी तयारीमा तागत लगाएर गइसकेका छौँ । तर बीचबीचमा निर्वाचन हुँदैन भन्ने हल्ला पनि किन चलिरहेको छ ?’ अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग प्रश्न गरेका थिए ।
प्रधानमन्त्री देउवाले यस्तो हल्ला भइरहने तर निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरेका थिए ।
Facebook Comments Box