काठमाडौं । सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूका अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको हो ।
‘सबै दलहरू गाउँ केन्द्रित भएका छन् । सांसदहरू पनि चुनावी प्रचारमा खटिन्छन् । त्यसैले तत्काललाई संसद् अधिवेशन अन्त्य गरिएको हो,’ उनले भने, ‘संसद्मा बिजनेस छैन, अत्यावश्यक विधेयकहरू थिए; तिनलाई पास गर्नुपर्ने अवस्था छ । तर, नाराबाजी रोकिएको छैन ।’
एमालेको अवरोधका बीच नागरिकता लगायत विधेयक र अन्य महत्वपूर्ण विधेयकहरू पास हुन नसक्ने भन्दै मन्त्री बडूले यी विषयमा संसद्मा छलफल गर्न नपाएपछि संसद् चालू राख्नुको औचित्य नभएको बताए ।
Facebook Comments Box