काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने भएको छ।
बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त प्रतिवेदनमाथि सुरु भएको छलफलले आज पनि निरन्तरता पाउने भएको हो।
प्रतिवदेनमाथि छलफल गर्नका लागि केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको छ ।
छलफलका लागि केन्द्रीय सदस्यहरूलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको छ ।
Facebook Comments Box