काठमाडौं । राप्रपा नेपालले १० वटा विभाग गठन गरेको छ । बुधबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले १० वटा विभाग गठन गरेको हो ।
बैठकले अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी तोकेको छ ।
यस्तै आर्थिक विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष उद्धव पौडेललाई, नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष विष्णु भण्डारीलाई, सचिवालय प्रमुखको जिम्मेवारी महामन्त्री भास्कर भद्रालाई, प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखको जिम्मेवारी महामन्त्री सुशीलकुमार श्रेष्ठ र कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी महामन्त्री ईन्द्र चित्रकारलाई दिइएको छ ।
यस्तै बैठकले तीन महीनाभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ ।
Facebook Comments Box