झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रस्टाचार अन्त्यका लागि संसदमा कुरा उठाउँदा आफू एक्लो भएको बताएका छन्।
उनले देशले प्रगति गर्न नसक्नुको मूल कारण भ्रस्टाचार भएको बताए।
झापाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे चोकमा बुधबार आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रस्टाचार निर्मूल नहुन्जेल देशले प्रगति गर्न नसक्ने बताए।
उनले भने, ‘मैले संसदमा पनि भनें, भ्रस्टाचार अन्त्यका लागि हामी २ सय ७५ जनाले नै एउटा संकल्प प्रस्ताव पारित गरौं। तर म एक्लो भएँ।’
नेपालका ठूला भनिएका पार्टी सबै भ्रस्टाचारमा चुर्लुम्म डुबेको उनले बताए।
Facebook Comments Box