काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकअघि बस्ने गरी नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।
आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
कार्यव्यवस्थाको बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ ।
बैठकले कार्यसूचीलाई अन्तिम रूप दिनेछ । बैठकमा संसद्मा जारी अवरोध हटाउने विषयमा पनि छलफल हुनेछ ।
Facebook Comments Box