काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन्।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष थापाले एमसीसी संसदबाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दवाव र प्रभाव बढाएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एससीसी छिटो पास गर भनेर अमेरिकाले दवाव दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्न सक्ने देखिएको टिप्पणी गरे ।
उनले विदेशी शक्ति राष्ट्रहरूले नेपालको स्वतन्त्र अस्तित्वमाथि नै प्रश्न उठनेगरी राजनीतिक दलहरूका नेताहरूलाई दवाव दिइरहेको चर्चा गरे ।
Facebook Comments Box