झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार झापा आउने भएका छन्।
ओली बिहान ८.३० बजे झापा आइपुग्ने कार्यक्रम रहेको एमाले झापाको प्रचार विभागले जनाएको छ।
बिहान ८:३० बजे भद्रपुर विमानस्थलबाट साेझै सालबारीस्थित सहिद स्मृति पार्कमा गएर बिहान ९:३० बजे शहीदकाे सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ।
बिहान ११ बजे दमकमा खाना खाने र ११:३० बजे कमल गाउँपालिका वडा नं ६ खयरबारीमा रतुवा-मावा तटबन्धको शिलान्यास ओलीले गर्नेछन्।
१२:३० बजे बिर्तामोडकाे सिपी पार्टी प्यालेसमा आयाेजना गरिएकाे प्रेस चाैतारी नेपाल प्रदेश १ काे प्रथम अधिवेशनलाई सम्बाेधन गर्ने र १:३० बजे बिर्तामोडकाे सिटी सेन्टरमा रहेकाे साई पार्टी प्यालेसमा आयाेजित नेपाल खेलकुद महासंघ प्रदेश १ काे प्रथम अधिवेशनमा सम्बाेधन गर्ने कार्यतालिका रहेको एमाले झापाले जनाएको छ।
त्यसपछि बिर्तामाेडकाे डाेमालाल राजवंशी रंगशालामा आयाेजित पाँचाैं झापा गाेल्डकप उद्घाटन समाराेहकाे उद्घाटन गरि खेल हेर्ने कार्यक्रम रहेकाे छ।
ओली शनिवार साँझ ६ बजेकाे हवाई उडानबाट काठमाडाैं फर्कने कार्यक्रम छ।