काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन पछिको केन्द्रीय समितिको दोस्रो बैठकमा ६ वटा एजेण्डा प्रस्तुत गरिएका छन्।
जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको राजनीतिक परिस्थितिको रिपोर्टिङ, एमसीसी सम्झौता अनुमोदन, संगठनात्मक विषय, कार्य विभाजन, स्थानीय निर्वाचन र विविध विषय गरी ६ वटा एजेण्डा तय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
यसबाहेक केन्द्रीय सदस्य थप गर्ने, पोलिटब्युरो, स्थायी कमिटी सदस्य गठन गर्ने र पदाधिकारी चयन गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।
Facebook Comments Box