काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरु भएको छ।
शुक्रबार बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक केही बेर अघि शुरु भएको हो।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ।
नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन्। उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन्।
केन्द्रीय कमिटी बैठकमा पनि नारायणकाजी समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ।
Facebook Comments Box