काठमाडौं । आज बस्ने नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा एमसीसी सम्झौता अनुमोदन गरेकोमा नारायणकाजी श्रेष्ठ समूहले कुरा राख्ने तयारी गरेका छन्।
राष्ट्रिय सभागृहमा बिहान ११ बजेपछि बस्ने बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी), सत्ता गठबन्धनलगायत सामसामयिक विषयमाथि छलफल हुने नेताहरूले बताएका छन्।
एमसीसीलाई लिएर माओवादीभित्र नारायणकाजी समूह अध्यक्ष प्रचण्डप्रति असन्तुष्ट छ।
प्रधानमन्त्री शेरबहादुर देउवासित मिलेर एमसीसीलाई पठाएको पत्र, त्यसपछि बिनासंशोधन एमसीसी सम्झौता अनुमोदन नगर्ने अडान, पार्टीको निर्णय र पछि व्याख्यात्मक घोषणा गरी एमसीसीका पक्षमा उभिएकोप्रति नारायणकाजी श्रेष्ठसहित केही नेताले केन्द्रीय समितिमा कुरा उठाउने तयारी गरेका छन् ।
नेता श्रेष्ठले बैठकमा लिखित दस्तावेज पेस गर्ने तयारी गरेको बुझिएको छ।
Facebook Comments Box