काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन नेपाल बार एसाेसिएसनले माग गरेको छ।
संवैधानिक नियुक्तिमा भागबण्डा पाएको, कार्यपालिकामा भाग खोजेको लगायतका आरोप लागेका जबराविरुद्ध प्रतिनिधिसभाका ९८ जना सांसदले १ फागुनमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
जबरालाई सर्वोच्चबाट निकाला गर्नुपर्छ भनेर बार एसाेसिएसनले कात्तिकदेखि नै आन्दोलन गरिरहेको थियो ।
बार एसाेसिएसनको १५ औं कानुन व्यवसायी सम्मेलनको घोषणापत्रमा पनि जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव छिटो संसदीय प्रक्रियामा लैजान माग गरिएको छ ।
महाअभियोग प्रस्ताव दर्ता भएको सात दिनभित्र संसदलाई जानकारी दिनुपर्ने व्यवस्ता भए पनि अहिलेसम्म यो विषय संसदलाई जानकारी गराइएको छैन ।
महाअभियोग प्रस्तावमा अलमल गरेर जबरालाई पुन: न्यायपालिकामा फर्काउने प्रयास आफूलाई स्वीकार्य नहनुे पनि बारले बताएको छ ।