काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक बस्नेवितिक्कै स्थगित भएको छ। अर्को बैठक फागुन २२ गते बस्ने आइतबार बस्नेछ।
प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए। बुधबार दिउँसाे १ बजे बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए ।
गत २३ भदौदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीविपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् ।
Facebook Comments Box