काठमाडौं । राप्रपाको केन्द्रीय सदस्यमा १४ जना मनोनीत भएका छन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
‘अध्यक्ष लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
उनका अनुसार मनोनीत हुनेहरूमा लिलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा छन् ।
Facebook Comments Box