काठमाडौं । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार राति टेलिफोनमा कुराकानी भएको छ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएको दुई दिनपछि ब्लिन्कन र देउवाबीच टेलीफोन संवाद भएको हो।
ब्लिनकनले टुइटरमा जनाएअनुसार उनीहरूबीच रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको हो।
त्यस्तै नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोबारे समेत आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री ब्लिन्कनले संकेत गरेका छन्।
Facebook Comments Box