काठमाडौं । सरकारले आइतबार अमेरिकाबाट साँढे नेपाल ल्याएको छ।
व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सातवटा साँढे नेपाल ल्याइएको हो।
नस्ल सुधारका लागि पहिलोपटक पाँचवटा जर्सी र दुईवटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो ।
विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको छ ।
चार/पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा. केशव भट्टले जानकारी दिए ।
नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्ल सुधार भई देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उहनको भनाइ छ ।
Facebook Comments Box