काठमाडौँ । आइतबार प्रतिनिधि सभाबाट एमसीसी पारित भएपछि अमेरिकाले स्वागत गरेको छ।
५० करोड अमेरिकी डलरको एमसीसी परियोजना पारित भएसँगै अमेरिकाले यसको स्वागत गरेको हो।
एमसीसीको अनुमोदनले नेपाली जनतामा थप रोजगारी सिर्जना हुने, विद्युत सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने अमेरिकी दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘एमसीसी कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निणर्य सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा थियो’, अमेरिकाले भनेको छ।
नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धका ७५ वर्षमा नेपालमा भएका विशाल र अपत्यारिला परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको पनि विज्ञप्तिमा उल्लेख छ।
Facebook Comments Box