काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुकाबीचमा अमेरिकी सहयोग परियोजना एमसीसी संशोधनसहित संघीय संसदबाट पारित गर्ने र गठबन्धन जोगाउने सहमति भएको छ ।
गठबन्धन घटक दलहरु नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बीचमा शनिबार यस्तो सहमति भएको हो ।
एमसीसी जसरी भएपनि पास गर्न कस्सिएका प्रधानमन्त्री शेरबहादुर देउवा र यथाअवस्थामा विपक्षमा मतदान गर्ने निर्णय गरेका अध्यक्ष प्रचण्ड र नेता नेपालकाबीचमा एमसीसी संशोधनसहित पास गर्ने सहभति भएको गठवन्धनका बताइएको छ।
Facebook Comments Box