काठमाडौं । एमसीसीबारे छलफलको कार्यसूची तय भएको प्रतिनिध सभाको बैठक आज बस्दैछ ।
मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो ।
गत फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । त्यसपछि पटक-पटक प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो।
आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
Facebook Comments Box