काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न षडयन्त्रको चाल चालिराखिएको बताएका छन्।
उनले त्यस्तो षडयन्त्र रातारात भइरहेको आरोप लगाए। तर त्यस्ता षडयन्त्रलाई सफल हुन नदिने उनको दाबी छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेका वार्तालाई इंगित गर्दै उनले गठबन्धन तोड्न षडयन्त्र भइरहेको आरोप लगाएका हुन्।
एकीकृत समाजवादी निकट प्राध्यापक संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेपालले गठबन्धन तोड्ने षडयन्त्रलाई पराजित गर्ने बताए।
Facebook Comments Box