काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ।
१ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ।
संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको हो।
बिहीबार तय भएको बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि नेताहरु छलफलमा जुटेका थिए ।
एमसीसी प्रकरणले नेपाली कांग्रेस र नेकपा एमाले नजिकिएका छन्।
Facebook Comments Box