काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच छलफल भएको छ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका नेताहरुबीच नयाँ बानेश्वरमा छलफल चलेको हो। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले नेकपा एमालेसँग संवाद बढाएको हो।
बिहीबार संसद् बैठक स्थगित भएपछि नयाँ बानेश्वरस्थित ओलीको कार्यकक्षमा भएको छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु समेत सहभागी छन्।
Facebook Comments Box