काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमसीसीबारे छलफल हुने भएपछि संसद भवन परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
संसद भवनको पर्खालमा काँडे तार लगाइएको छ भने सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा बिहीबारदेखि छलफल सुरु हुने भएको हो।
दिउँसो एक बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ।
गएको आइतवार बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
Facebook Comments Box