काठमाडौं । प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश गरेसंगै एमसीसी सम्झौता टेबुल भएको छ।
मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका हुन्।
एमाले सांसदको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । कार्यसूचीमा एमसीसी पेस गर्ने उल्लेख छ ।
बैठक कार्यसूची प्रवेश गरे पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदले नाराबाजी गरिरहेका छन् । बैठक सुरु भएलगत्तै सांसदहरूले एमसीसीको विरोध जनाएका थिए ।
Facebook Comments Box