काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका पाँच जना शीर्ष नेतालाई ‘पाँच गिद्द’को उपमा दिएका छन्।
उनले देशको धुरीमा पाँचवटा गिद्ध बसेको टिप्पणी गरेका छन्।
भक्तपुरको सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पाँच दलीय गठबन्धनलाई गिद्धको उपमा दिएका हुन्।
उनले सत्ता गठबन्धनका नेताहरूप्रति कटाक्ष गर्दै भने, ‘धुरीमा एउटा गिद्द बस्यो भने त अशुभ मानिन्छ। झन् अहिले त पाँच-पाँच गिद्द छन्। अवस्था के भएको होला?’
अहिलेको सरकारले बिगार्ने काम मात्र गरिरहेको उनले आरोप लगाए।
Facebook Comments Box